दफा ३
सङ्गठन संरचना तथा दरबन्दी कायम गर्ने
(१) यस ऐन बमोजिम समायोजन गर्ने प्रयोजनको लागि नेपाल प्रहरी तथा प्रदेश प्रहरीको सङ्गठन संरचना तथा दरबन्दी नेपाल सरकारले कायम गरे बमोजिम हुनेछ।
(२) उपदफा (१) बमोजिम सङ्गठन संरचना तथा दरबन्दी कायम गर्नको लागि सिफारिस गर्न मन्त्रालयमा देहाय बमोजिमको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समिति रहनेछः-
(क) मन्त्रालयको सचिव -संयोजक
(ख) प्रहरी महानिरीक्षक, नेपाल प्रहरी -सदस्य
(ग) सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को
कार्यालय -सदस्य
(घ) सहसचिव, नेपाल सरकारको अर्थ मन्त्रालय - सदस्य
(ङ) सहसचिव, नेपाल सरकारको कानून, न्याय तथा
संसदीय मामिला मन्त्रालय - सदस्य
(च) सचिव, सम्बन्धित प्रदेशको प्रदेश मन्त्रालय -सदस्य
(छ) सहसचिव (प्रशासन हेर्ने), मन्त्रालय - सदस्य-सचिव
(३) समितिको बैठक तथा तत्सम्बन्धी कार्यविधि समिति आफैँले निर्धारण गरे बमोजिम हुनेछ।
(४) समितिले सङ्घ वा प्रदेशको शान्ति सुरक्षा तथा व्यवस्थाको लागि गर्नु पर्ने कार्य र औचित्य समेतको आधारमा नेपाल प्रहरी र प्रदेश प्रहरीमा रहने श्रेणी र पद खुल्ने गरी दरबन्दी विवरण सहितको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन तयार गरी मन्त्रालयमा सिफारिस गर्नेछ।
(५) उपदफा (४) बमोजिम समितिले सिफारिस गरेको आधारमा नेपाल प्रहरी र प्रदेश प्रहरीको सङ्गठन संरचना तथा दरबन्दी कायम गर्नको लागि मन्त्रालयले नेपाल सरकार समक्ष प्रस्ताव पेश गर्नेछ।
(६) समितिले आफ्नो काममा सहयोग गर्न आवश्यकता अनुसार उपसमिति गठन गर्न सक्नेछ।